-
अर्थ
बडीमालिकामा मृत भेटिएका २० वर्षीय बोहराको शव हेलिकप्टरबाट मार्तडी ल्याइयो
बाजुरा ः बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा मृत अवस्थामा फेला परेका २० वर्षीय युवक मनिष बोहराको शव हेलिकप्टर मार्फत उद्धार गरी सदरमुकाम मार्तडी ल्याइएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका दैजी घर भएका बोहराको शव सोमबार नेपाली सेनाको हेलिकप्टर मार्फत मार्तडी ल्याइएको हाे । शव उद्धारपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरा लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बडीमालिकामा भारी हिमपात भएपछि गत शुक्रबारदेखि सम्पर्क विहीन भएका बोहरा आइतबार दिउँसो त्रिवेणी पाटन नजिकै मृत अवस्थामा फेला परेका…



















