धनगढीमा ‘साकम्बरी मःमः एण्ड मोर’ सञ्चालनमा, नेपाली स्वाद र स्थानीय उत्पादनलाई प्राथमिकता

बाजुरा,१४ असोज : सुदूरपश्चिमको मौलिक स्वाद, स्थानीय उत्पादन र नेपाली परिकारलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित कैलालीको धनगढीमा ‘साकम्बरी मःमः एण्ड मोर’ सञ्चालनमा आएको छ।
धनगढी उपमहानगरपालिका–१ हसनपुरमा, UNFPA कार्यालयको अगाडि रहेको साकम्बरी मःमः एण्ड मोरले नेपाली मौलिक स्वादमा आधारित विभिन्न परिकार ग्राहकलाई उपलब्ध गराउँदै आएको छ।
सञ्चालक नरीन्द्रा गिरीका अनुसार नेपाली खानाको मौलिक स्वादलाई नयाँ ढङ्गले ग्राहकसमक्ष पुर्याउने उद्देश्यले साकम्बरी मःमः एण्ड मोर सञ्चालन गरिएको हो। नेपाली टिमुर (सिचुआन खुर्सानी) को मसलेदार स्वाद, हिमाली जडीबुटी तथा स्थानीय मसलाको प्रयोगबाट तयार गरिने परिकार यहाँको विशेष आकर्षण रहेको उनले बताए।
स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता दिँदै परिकारमा नेपालीपन र मौलिक स्वाद कायम राख्ने प्रयास गरिएको सञ्चालक गिरीको भनाइ छ। ग्राहकलाई स्वादिष्ट, गुणस्तरीय र फरक स्वादका परिकार उपलब्ध गराउनु आफ्नो मुख्य लक्ष्य रहेको उनले बताए।
साकम्बरी मःमः एण्ड मोरमा मःमःलगायत विभिन्न परिकारको स्वाद लिन सकिनेछ। साथै कार्यालय तथा अन्य ग्राहकलाई लक्षित गरी मासिक प्याकेजको व्यवस्था पनि गरिएको छ।
ग्राहकको सहजतालाई ध्यानमा राख्दै प्रतिष्ठानले निःशुल्क होम डेलिभरी सेवा समेत उपलब्ध गराउने जनाएको छ।
स्थानीय स्वाद, नेपाली पहिचान र आतिथ्यलाई प्राथमिकता दिएको साकम्बरी मःमः एण्ड मोरले धनगढीमा फरक स्वादको अनुभव खोज्ने ग्राहकका लागि नयाँ विकल्प थपेको छ ।
सम्पर्क नम्बर: ९८६६५५२०१९, ९८६४९९३७१६




