नेपाली कांग्रेस बाजुराको आठौँ जिल्ला अधिवेशन उद्घाटन : विभिन्न दलका नेता तथा कार्यकर्ताको सहभागिता

बाजुरा,१५ असोज: नेपाली कांग्रेस बाजुराको आठौँ जिल्ला अधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको छ। जिल्ला अधिवेशन आयोजक समितिका संयोजक धनराज पण्डितको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द्र शाह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख देवराज जोशी, नेपाली कांग्रेस बाजुराका पूर्व पार्टी सभापति कविराज पण्डित र पूर्व प्रतिनिधिसभा सदस्य महानेपाली विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

त्यस्तै, कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाजुराका सभापति मेखराज जोशी, नेकपा एमाले बाजुराका पार्टी सचिव काशी विक, नेकपा एकीकृत समाजवादी पार्टी बाजुराका अध्यक्ष पुरबहादुर रावत, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि, विभिन्न तहका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको सन्चालन भने पार्टी सहसचिव सुरेन्द्र सिंहले गर्नुभएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button