स्वास्थ्य कार्यालय बाजुराकाे दुई दिने समीक्षा गोष्ठी सम्पन्न आगामी वर्षका लागि रणनीतिक योजना तर्जुमा

बाजुरा: स्वास्थ्य कार्यालय बाजुराको आयोजनामा जिल्लाको समग्र स्वास्थ्य क्षेत्रको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यका साथ दुई दिने विस्तृत समीक्षा गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा आर्थिक वर्ष २०८२र८३ मा स्वास्थ्य क्षेत्रमा सम्पादित कार्यहरू, प्राप्त उपलब्धि, भोग्नुपरेका चुनौती र ती चुनौतीहरूलाई संस्थागत रूपमा समाधान गर्दै आगामी दिनमा गहन छलफल गर्ने बताए ।
कार्यक्रममा जिल्लास्थित स्वास्थ्य शाखा अन्तर्गतका सरकारी स्वास्थ्य संस्थाहरू तथा स्वास्थ्य कार्यालयसँग समन्वय गरेर कार्यरत विभिन्न विकास साझेदार एवं अन्य सरकारी निकायहरूको सहभागिता रहेको थियो। दुई दिनसम्म चलेको उक्त गोष्ठीमा सहभागी संस्थाहरूले आ-आफ्नो जिम्मेवारी र अनुभवका आधारमा कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए।
स्वास्थ्य कार्यालय बाजुराका प्रमुख विनोद धामीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी, विशिष्ट अतिथिकमा बडिमालिका नगरपालिकाका नगरउपप्रमुख नन्दा कुमारी थापा उपस्थिति रहेकी थिन्।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयका प्रतिनिधिहरू, विभिन्न पालिकाका स्वास्थ्य शाखा प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो। यसका साथै जिल्ला अस्पताल प्रमुख, आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख, शिक्षा विकास तथा समन्वय इकाई ९शिक्षा कार्यालय० बाजुराका प्रमुख, विकास साझेदार संस्थाहरूका प्रतिनिधि र पत्रकार लगाएतकाे उपस्थीत थियो।
समीक्षा र कार्ययोजना तर्जुमा
गोष्ठीका क्रममा विभिन्न स्वास्थ्य शाखाहरू र स्वास्थ्य संस्थाहरूले वर्षभरि सम्पादित गरेका कार्यहरूको प्रस्तुतीकरण गरेका थिए। अन्य सरकारी कार्यालयहरूले स्वास्थ्य क्षेत्रसँग गरिरहेको समन्वय र यसका प्रभावकारी पक्षहरूबारे प्रतिवेदन प्रस्तुत गरे भने विकास साझेदार संस्थाहरूले आफ्ना गतिविधि र आगामी सहकार्यका क्षेत्रबारे छलफल गरेका थिए।
छलफलका क्रममा विगतमा काम गर्दा भोग्नुपरेका भौगोलिक विकटता, स्रोत साधनको कमी तथा संस्थागत समन्वय जस्ता चुनौतीहरूलाई उजागर गरिएको थियो। हालसम्मको कार्यअनुभवबाट सिकिएका पाठहरूलाई आत्मसात गर्दै आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी, प्रविधिमैत्री र जनमुखी बनाउनका लागि ठोस कार्ययोजना समेत तर्जुमा गरिएको छ।
स्वास्थ्य कार्यालयका कर्मचारी प्रशान्त जोशीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत लालबहादुर खड्काले स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो। गोष्ठीले बाजुरा जिल्लाको स्वास्थ्य सेवालाई अझ गुणस्तरीय र पहुँचयोग्य बनाउन सबै सरोकारवाला निकायहरू एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।



