बाजुरामा इन्टरनेट र फोन नेटवर्क सेवा अवरुद्ध

बाजुरा : बाजुरामा आज बिहानदेखि इन्टरनेट र फोन नेटवर्क सेवा अवरुद्ध रहेको छ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंहकाअनुसार साँफे—मार्तडी खण्डको नुनेपानीमा बिहीबार बिहान अज्ञात व्यक्तिले तार काटिदिएपछि सेवा अवरुद्ध भएको हो ।

उच्च गतिको फाइबर इन्टरनेटको तार काटेपछि जिल्लामा इन्टरनेट र फोन सेवा अवरुद्ध भएको उनले बताए । अहिले मर्मतका लागि कार्यालय प्रमुखसहित प्राविधिकहरुको टोली खटिएको जनाएको छ । यस्तै, अवरुद्ध लाइन मर्मतमा केही समय लाग्ने भएपछि सदरमुकाम मार्तडीमा खप्तड छेडेदहको आटिचौरबाट लाइन जडान गरेपछि आंशिक रुपमा सेवा सुचारु गरिएको कार्यालय प्रमुख सिंहले जानकारी दिए।

दिनभर सेवा अवरुद्ध हुँदा जिल्लामा सञ्चार सेवासँगै विभिन्न कार्यालयका कामकाज, अनलाइन सेवा प्रवाह तथा सञ्चारसम्बन्धी गतिविधि प्रभावित भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button