नेपाली कांग्रेस बाजुराको सभापतिमा पण्डित निर्विरोध चयन

बाजुरा: नेपाली कांग्रेस बाजुराको जिल्ला सभापतिमा धनराज पण्डित निर्विरोध चयन भएका छन् । नेपाली कांग्रेसको नियमित आठौँ जिल्ला अधिवेशनबाट पण्डित सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएका हुन् । गत कार्तिक १५ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनअन्तर्गत सोही दिन साँझदेखि बन्दसत्र सञ्चालन भएको थियो ।

लामो छलफल भएपछि अन्ततः सहमतिको वातावरण बनेसँगै पण्डितलाई जिल्ला सभापतिको जिम्मेवारी दिने निर्णय भएको नेपाली कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

यसरी लामो समयकाे छलफलपछि नेपाली काग्रेस जिल्ला कार्यसमिति , प्रदेश ख कार्यसमिति , प्रदेश ख महाधिवेशन प्रतिनिधि , केन्द्रिय महाधिवेशन प्रतिनिधी र महासमिति तर्फ सबै पदहरुकाे निरविराेध तथा सर्वसहमत चयन गरिएकाे काग्रेस बाजुराले जनाएकाे छ ।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका पण्डितलाई पार्टीका नेताहरूबीचको सहमतिका आधारमा सभापतिमा चयन गरिएको नेपाली काग्रेस बाजुराले जनाएकाे छ  । उनको चयनसँगै बाजुरा कांग्रेसको नेतृत्वमा नयाँ कार्यकालका लागि सहमति जुटेको  काग्रेका एक नेताले बताए  ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button