आपसी सद्भाव,आत्मीयता र मित्रताकाे सम्बन्ध प्रगाढ बनाउन पिकनिक कार्यक्रम

बाजुरा: आपसी सद्भाव,आत्मीयता र मित्रताकाे सम्बन्ध प्रगाढ बनाउन पिकनिक कार्यक्रमकाे आयोजना गरिएको छ।बाजुराकाे बडिमालिका नगरपालिका वडा.नम्बर ७ मा रहेकाे कालाऋषी युवा क्लवद्वारा आपसी सम्बन्ध प्रगाढ बनाउन पिकनिक अर्थात् वनभाेज कार्यक्रमकाे आयोजना गरिएको हाे।
क्लबले प्रथम सेरा प्रिमियर लिग-२०८३ काे समाप्ति पश्चात् सामुहिक वनभाेज कार्यक्रमकाे आयोजना गरेकाे हाे।आपसी सद्भाव,भाइचारा,मित्रता तथा सामाजिक एकतलाई थप मजबुत बनाउने उदेश्यका साथ वनभाेज कार्यक्रमकाे आयोजना गरिएको कालाऋषी युवा क्लबका सचिव गाेविन्द्र राज तिमिल्सेनाले जानकारी दिए।

दैनिक व्यस्तता,आ-आफ्नो काम,पढाई र जिम्मेवारीका कारण नियमित रुपमा भेटघाट गर्न नपाइरहेका साथीभाइ आफन्तजनहरुबिच भेटघाट तथा हाँसाे खुसी साटासाट गर्न र आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाउन वनभाेज कार्यक्रमकाे आयोजना गरिएको सचिव तिमिल्सेनाले बताए।यस कार्यक्रमले सकारात्मक उर्जा प्रदान गर्नुका साथै जीवनकाे एक अविस्मरणीय क्षण रहने जिकिर गरे।
कार्यक्रममा सहभागीहरुले एकआपसमा आत्मीयतापूर्ण भेटघाट गर्दै सुखदु:खका अनुभव,विचार तथा भावनाहरु साटासाट गरेका थिए।साथै विभिन्न मनाेरञ्जनात्मक गतिविधि,रमाइला क्षण र सामुहिक खानपिनले कार्यक्रमलाई थप उत्साहपूर्ण तथा स्मरणीय बनाएकाे थियाे।क्लबले पछिल्लो समय सामाजिक गतिविधिमा सक्रिय रहि काम गर्दै आएकाे छ।

समाजमा सकारात्मक सन्देश प्रवाहका गर्नुका साथै जनचेतनामूलक कार्यक्रम,बाटाेघाटाे,काठेपूल निर्माण, कुरिती,कु-संस्कार विरुद्धका कार्यक्रमहरु समेत क्वलले निरन्तर गर्दै आएकाे छ।पिकनिक कार्यक्रमले केवल मनाेरञ्जन र रमाइलोमा मात्र सिमित नभई आपसी विश्वास,सद्भाव,सहयोग,सहकार्य र मित्रताकाे भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गरेकाे पिकनिक कार्यक्रममा सहभागी क्लवका सदस्य गाैरीलाल तिमिल्सेनाले बताए।
उनले यस्ता कार्यक्रमलाई सामान्य ठानिए पनि मानिसहरु बीचकाे दूरी कम गर्दै आपसी सम्बन्धलाई अझ नजिक, आत्मीय र सुमधुर बनाउन सहयाेग पुर्याउने विश्वास व्यक्त गरे।आपसी सद्भाव र आत्मीयताकाे जगमा निर्माण हुने यस्ता भेटघाटले सामाजिक सम्बन्धलाई जीवन्त राख्नुका साथै एकता र सहकार्यकाे संस्कृतिलाई पनि प्राेत्साहन गर्ने देखिन्छ।

सामाजिक एकता र भाइचाराकाे भावना थप सुदृढ हुने सामूहिक पिकनिक कार्यक्रम आपसी प्रेम,सद्भाव,मित्रता र एकताकाे भावना अभिव्यक्त गर्ने सुन्दर अवसर बनेकाे छ। यस्ता रचनात्मक तथा आत्मीय कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने क्लवले जनाएको छ।
वनभाेज अर्थात् पिकनिक केवल रमाइलो गर्ने अवसर मात्र हाेईन्,याे त,आपसी सद्भाव,आत्मीयता,मित्रता,हाँसाे र खुसी,साटासाट गर्ने सुन्दर माध्यम पनि हाे।खुसीका केही पल,आत्मीयताका क्षण र सम्झनामा सधैं रहिरहने रमाइला अनुभवहरु।वनभाेज केवल जमघट गर्ने अवसर हाेईन्, सम्बन्ध र मायालाई अझ प्रगाढ बनाउने सुन्दर पल हाे।



