‘बडीमालिका कप’ खुला पुरुष भलिबल प्रतियोगिता सुरु

बाजुरा : बाजुराको सदरमुकाम मार्तडीमा आजदेखि ‘बडीमालिका कप–२०८३’ खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । बडीमालिका नेचर प्रालिले प्रकृति संरक्षण, पर्यटन प्रवद्र्धन र खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यसहित आयोजना गरेको प्रतियोगिता यहीँ कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ ।

खेलकुदलाई प्रतिस्पर्धा र मनोरञ्जनमा मात्र सीमित नराखी प्रकृति संरक्षण, वातावरणीय चेतना, पर्यटन प्रवद्र्धन तथा स्थानीय सम्भावनाको उजागर गर्ने माध्यमका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बडीमालिका नेचर प्रालिका अध्यक्ष कृष्ण ओलीले बताए ।

प्रतियोगिताको खुलामञ्चमा शनिबार जिल्ला समन्वय समिति प्रमुख तुलीराम रोकाया, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागीतामा उद्घाटन गरिएको छ । प्रतियोगितामा १० टिमले सहभागीता जनाएका छन् । शनिवास उद्घाटन गरिएको प्रतियोगिताका खेलहरु भने आइतबारबाट सुरु हुने छन् ।
प्रथम हुने टिमलाई एक लाख ५५ हजार ५५५ रुपैयाँ, द्वितीयलाई ९९ हजार ९९९ रुपैयाँ पुरस्कारसहित मेडल प्रमाणपत्रका साथै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई व्यक्तिगत पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्ने गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको शुभारम्भमा राजनीतिक दल र पत्रकारवीच भएको मैत्रीपूर्ण खेलमा पत्रकारको टिम विजयी भएको थियो ।

‘प्रकृतिको सुरक्षा र संरक्षण, हाम्रो जिम्मेवारी’ भन्ने मूल नारासहित आयोजित बडीमालिका कपलाई प्रत्येक वर्ष निरन्तरता दिँदै नियमित र प्रतिष्ठित खेलकुद प्रतियोगिताका रूपमा स्थापित गर्ने योजना रहेको प्रालिका कार्यकारी निर्देशक गणेश थापाले बताए । उनले खेलकुदको माध्यमबाट प्रकृति संरक्षणको सन्देश समाजसम्म पु¥याउने सके पर्यावरणीय संवेदनशीलताबारे युवा पुस्तालाई सचेत गराउनुका साथै खेलकुद, पर्यटन र वातावरण संरक्षणलाई एउटै अभियानमा जोड्न यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेका छन् ।



