देउडा: बाजुराकाे संस्कृति,परम्परा र पहिचान

गाेविन्द्र राज तिमिल्सेना/ बाजुरा: देउडा सूदुरकाे ढुकढुकी हाे। त्यसैमा बाजुरा देउडा संस्कृतिकाे उद्गम थलाे।बाजुराकाे परम्परागत संस्कृतिकाे गहनाकाे रुपमा देउडालाई लगिन्छ। पश्चिम नेपालका मेला, चाडपर्व,जात्रामा गाइने एक प्रकारको नृत्यप्रधान गीत देउडा हो । बाजुराले देउडा क्षेत्रबाटै पहिचान बटुलेकाे छ । सुदूरका बाजुरा,बझाङ,अछाम,डाेटी,डडेलधुरा,बैतडी लगायत जिल्लामा देउडा जिवित छ ।अन्य जिल्ला भन्दा देउडाकाे आत्मा र मर्म मर्न नदिने जिल्लाकाे रुपमा चिनिन्छ,बाजुरा।

स्थानीय भाषिकाहरूमा सृजित भई लोकप्रियता कमाएको देउडाले बाजुराकाे शिर उचाे बनाएकाे छ।बाजुराकाे देउडा संस्कृतिले देशैभरी प्रभाव छोडेको छ । पछिल्लो समय प्रविधिकाे विकासले आधुनिकपनकाे हाबी छ।अघिल्लो पुस्ताकाे तुलनामा पछिल्लो पुस्तामा देउडा हस्तान्तरण हुन सकेकाे छैन्।

बाजुराका हरेक मेला,पर्व,महाेत्सव,विवाह,लगायत कार्यक्रममा देउडालाई बढि प्राथामिकता दिईन्छ। स-साना बालबालिका देखि बुढापाखाहरु देउडा गित गुनगुनाउँदै भन्छन्,“देउडा हाम्रो आत्मा हाे। यदि याे आत्मा मर्याे भने हामी पनि रहदैनाैँ। त्यसकारण यसकाे संरक्षण तथा प्रबर्द्धन गर्न जरुरी हुन्छ ।”

बडीमालिका नगरपालिका वडा न.७ रजाताेलीका उमेरले ५५ वर्ष कटेका रामचन्द्र पाध्याय गीत गुन्गुनाउदै गरेकाे अवस्थामा भेटिए। पाध्याय देउडा भाका गुनगुनाउदै थिए। “त्यसै चित्त बुझाउँला बरु छाेडी गयापन। देउडा गितकाे माया लाग्दाे बुढाे भयापन ।” एक गितकाे टुक्का सुनाउदै पाध्यायले भने,“मान्छे उमेरले बुढाे भयापन,मन बुढाे हुदैन्। अमन लाग्याे,अमन मेटाउन देउडा गित गुन्गुनाउदै बस्या ”। देउडा हाम्रो गहना हाे। देउडालाई हामीले जगाईराख्नु पर्छ,पाध्यायले बताए ।

उनले भने,“जवानीमा देउडा खेल्न सबै ठाउँ घुमियाे। गाउँघरका मेलापात,स्थानीय मेला,पर्वमा देउडा गित गाईन्थ्याे,खेलिन्थ्याे। काेलमा काेल जाेडी देउडा खेल्थ्याे अब अहिले पहिलेकाे जस्ताे परम्परामा अलि हराएकाे छ। ”

अहिले मोबाइलबाट र्याप,पप,डिजे लगायतका गित बजाउने चलन समेत बढेकाे पाध्यायकाे भनाइ छ ।पाध्याय एक उदाहरण पात्र मात्रै हुन्। उहाँ जस्तैः देउडालाई मन पराउने र माया गर्ने व्यक्तिकाे बाजुरामा कुनै कमी छैन्। देउडालाई यहाँका नागरिकले परम्परागत संस्कृति र धराेहरका रुपमा लिन्छन्।

बाजुरामा देउडाकाे आत्मा मरेकाे छैन्।जिवित धराेहरका रुपमा स्थापित नै छ।बाजुरालाई देउडा सँस्कृतिका लागि उद्गम थलोको रुपमा लिईन्छ। बाजुरामा रत्नाकर जैशी देखि हालसम्म हजारौं देउडा गायक,गायिका,देउडा खेलाडी जन्मेकाे ईतिहास छ । देउडाका उत्कृष्ट शब्द काेर्ने देखि काेकलकण्ठी श्वर दिने गायक बाजुराले उत्पादन गरेकाे छ।

सिंगो सुदूरपश्चिम त्यसैमा बाजुरा जिल्लाको आफ्नै मौलिक पहिचान र मुल सँस्कृति नै देउडा ।सांगितक बजारमा देउडा क्षेत्रबाटै चर्चा कमाएका जसले बाजुरा मात्रै नभई सिंगाे सुदूर र देउडा क्षेत्रकाे पहिचान गर्विलाे बनाएका कलाकार बाजुरामा छन्।चर्चित सर्जक साहित्यकार राजेन्द्र शाह विपी देखि संगीत बजारमा देउडा गीतकै कारण स्थापित लालबहादुर थापा,विनोद बाजुराली,काेकलकण्ठी श्वरका धनी प्रकाश थापा,रेखा जाेशी,लगायत थुप्रै देउडा कलाकार बाजुराकै उत्पादन हुन्।

त्यस्तै लाइभ देउडा क्षेत्रमा चर्चामा रहेका शंकर मल्ल,सुना विक, राइकला बुढा,रामबहादुर थापा,लोकमणी ओली सहीत दर्जनौ देउडा खेलाडी बाजुराकै हुन्।पछिल्लो समय विभिन्न गितमा राम्रो पहिचान बटुलेका राजेन्द्र बाजुरेली,
सुप्रिम मल्ल ठकुरी समेत बाजुराकै स्थापित बालकलाकार हुन्।बाजुरा क्षेत्रकाे हकमा देउडा निकै लाेकप्रिय तथा अविस्मरणीय संस्कृतिकाे रुपमा छ।

खस सभ्यता संग सुरुवात भएको देउडालाई पहिलेका दिनहरूमा देउडा खेल्न,गाउन लाज मान्ने चलन पनि थियो ।त्यो अवस्थामा देउडा गीतको गीतबाट नै छोरेट्टा (केटा) र छोरेट्टी (केटी) बीच सवालजवाफ चल्ने गर्दथ्यो ।जुन अहिले पनि कायमै छ।बाजुरामा हुने हरेक कार्यक्रमकाे सुरुवातीमा देउडा गितबाट सुरु गर्ने गरिन्छ। बाजुरेली पहिरन,स्थानीय बोली,भाषा र भाकाले बाजुराकाे देउडा संस्कृतिकाे मर्म र गाथा झल्किएकाे हुन्छ।जिन्दगीका भाेगाई,थकान तथा सुख,दु:ख साटासाट गर्न देउडालाई प्रमुख माध्यमकाे रुपमा लिईन्छ। सुदूरकाे देउडा संस्कृतिकाे जगेर्ना तथा परम्परागत संस्कृतिलाई निरन्तरता दिन जरुरी रहेकाे चर्चित लाेक तथा देउडा गायक प्रकाश थापा बताउँछन्।

थापा भन्छन्,“हामीले देउडाकाे आत्मा मर्न दिनु हुन्न।किनकी याे हाम्रो ढुकढुकी हाे।मुटु हाे ।देउडाकै संरक्षण सम्बर्द्धन तथा प्रबर्द्धनमा लाग्न जरुरी छ। हामीले देउडालाई माया गर्नु पर्छ।यसकाे अस्तित्व संकटमा पर्न दिनु हुन्न।” देउडाकाे महत्व अझै जनमानसमा प्रष्ट नभएको बताउँदै गायक थापाले देउडा क्षेत्रलाई गम्भीरतापूर्वक लिनु पर्ने बताएका हुन्।उसाे त गायक थापा देउडा क्षेत्रमा एक स्थापित बलियाे कलाकार हुन्।सुदूरकाे देउडा क्षेत्रकाे बादशाह,काेकलकण्ठी श्वरका धनी उपनामले समेत उनलाई चिनिन्छन्।

देउडा संस्कृतिकाे जगेर्ना गर्नुपर्ने बताउँदै बरिस्ठ सर्जक तथा साहित्यकार राजेन्द्र शाह विपीले आफुले देउडा संस्कृतिको जगेर्नाका लागी आफ्नो जीवन देउडा क्षेत्रमै व्यथित गरेकाे बताएका छन् ।हजारौं देउडा गितका शब्द काेरेका शाहले पछिल्लो समय आधुनिकपनको विकासले सुदूरकै ढुकढुकी भनिएको देउडाको आन्तरिक जीवन र मर्म लोप हुने खतरामा पुगेकाे जिकिर गरे।

परम्परागत संस्कृतिकाे संरक्षण र आवश्यकता:

कला संस्कृतिको क्षेत्रमा बाजुरा निकै अघि छ।तर पछिल्लो समय अघिल्लो पुस्ताकाे भन्दा पछिल्लो पुस्तामा हरेक परम्परागत संस्कृति लाेप हुँदै गएका छन्। जसकाे संरक्षण,सम्बर्द्धन गर्न निकै चुनाैती छ।यस्ता संस्कृतिकाे संरक्षण र संवद्र्धनमा कसैकाे खासै चासो देखिदैन्।

अहिले सबै सामाजिक सञ्जालमा व्यस्त छन्। धेरैको ध्यान आधुनिकता तिर गएकाे छ।जसका कारण हाम्रो सम्पति, गहना,संस्कृति क्रमिक हराउँदैन् छन्।हाम्रो परम्परागत संस्कृतिकाे संरक्षण र आवश्यकता जरुरी रहेकाेले यसमा स्थानीय सरकार प्रतिबद्ध हुन जरुरी देखिन्छ।

संस्कृतिको जगेर्ना र कलाकारिता क्षेत्रको विकासका लागी यहाँका स्थानीय सरकाले अनवरत रुपमा अघि बढ्न आवश्यक रहेकाे छ।यहाँका स्थानीय तहले याेजना भने नबनाएका हाेईन्। तर आधुनिकता जर्जर बिषय बनेकाे छ।जसलाई सहि रुपमा सदुपयोग गर्न आवश्यक छ।भावी पुस्तासम्म कला,संस्कृति जाेगाईराख्न यिनिहरुकाे संरक्षण,चुनाैती तथा आवश्यकतालाई मध्यनजर गर्न जरुरी देखिन्छ।

देउडा केवल मनाेरञ्जनकाे माध्यम मात्र हाेईन्,याे बाजुरेली जनजीवनकाे अभिन्न हिस्सा पनि हाे।बिशेषगरि मेला,पर्व, जात्रा तथा विभिन्न सांस्कृतिक उत्सवका अवसरमा सामूहिक रुपमा खेलिने देउडाले आपसी सद्भाव,भाइचारा र सामाजिक एकतालाई बलियाे बनाउँदै आएकाे छ। गाेलाे घेरामा एकअर्काकाे हात समातेर लयबद्द रुपमा खेलिने देउडामा गितका माध्यमबाट मनका भावना,सामाजिक यथार्थ र माैलिक जीवनशैली अभिव्यक्त गरिन्छ।

ठाडीभाकाकाे अस्तित्व संकटमा:

देउडा र ठाडी भाका एक अर्काका पुरक हुन्।देउडामा खेल लगाईन्छ। ठाडी भाकामा मनका पीडा बेदना पाेखिन्छ। गाउँघरका मेलापात,वनजंगलतिर बढिजसाे ठाकी भाका गुञ्जिन्छ। तर पछिल्लो समय ठाडी भाका निकै लाेपन्मुख छ । फाट्टफुट्ट बुढापाखाले बनजंगल जाँदा सुनाउने,गाउने गरेपनि यी भाका अहिले सुनिन छाडेका छन्।

बिशेषगरी सदूर पहाडका जिल्लामा गाईने याे भाकाकाे बाजुरामा पनि अस्तित्व संकटमा छ।अघिल्ला समय यहाँका वनजंगल,मेला पर्व तथा रेडियोमा जताततै सुनिने ठाडीभाका अहिले सुनिदैन्। हुनत् ठाडीभाका गित गाउँने कलाकारकाे कमीले पनिले पनि हुन सक्छ।

बाजुरामा देउडा तथा ठाडीभाका भन्ने वितिक्कै सबैकाे मनमा सर्वप्रथम प्रकाश थापा आउँछ। उनले कयौं संख्यामा ठाडी भाका गित गाएका छन्। त्यस्तै अन्य देउडा गितकाे कुरै छाेडाै। उनका मर्म स्पर्सी ठाडीभाका गितले सबैकाे मन रुवाउँछ। उनै गित पनि आजभाेली सुनिन छाडेका छन्।

सुखमा होस या दुखःमा होस् एकआपसमामा सुख दुःख सातासाट गर्ने माध्यम हाे ठाडीभाका। नयाँ पुस्ताले ठाडिभाका भुलेका छन्। यसकाे वास्तविकता बुझ्न सकेका छैनन् । पुराना रितिरिवाज,सँस्कृति, परम्परा बिस्तारै लाेप हुँदै छन्।बाजुरामा प्रकाश थापा,लाल बहादुर थापा र रेखा जाेशी बिशेषत् ठाडी भाका तथा देउडा दुबै गाउने कलाकारकाे रुपमा छन्।

ठाडी भाका जस्ताे मौलिक पहिचान र संस्कृति हराउँदै जानु चिन्ताकाे बिषय बनेकाे बरिष्ठ देउडा गायक लाल बहादुर थापा बताउँछन्।उनका अनुसार,“ठाडीभाकाको जर्गेनामा निकै चुनौति छ।नयाँ पुस्ताको ध्यान नजादाँ यी संस्कृति हराउँदै छन्।सँस्कृतिको जर्गेना गर्न नयाँ पुस्तालाई कला क्षत्रतर्फ जागरुक गराउन यहाँका स्थानीय सरकारले नीती बनाउन आवश्यक छ।”

आधुनिकताले देउडा तथा ठाडीभाका ओझेलमा:

नयाँ प्रविधिकाे विकास संगै दुर्गमका कुना कन्धरामा पनि आधुनिकपन छाउँदा यहाँका परम्परागत संस्कृतिमा असर गरेकाे छ। आधुनिकताले यहाँका नागरिककाे जिवनशैली फेरिए पनि संस्कृति हराएका छन्।

देउडा ठाडीभाकाकाे नाममा र्याप,पप,डिजे लगायतका गित बजारमा आउँन थालेपछि यसमा यस्ता गितकाे संरक्षणमा चुनाैती थपिएको हाे।पछिल्लो समय बाजुराकै धैरै कलाकाहरु पनि लोकदोहारी,आधुकिन, पप, डिजे,लगायत गीतहरु गाउन थालेपछि देउडा ठाकीभाका ओझेलमा पर्न थालेकाे हाे।

धेरै आर्थिक उपार्जन गर्ने नाममा फरक खाले गित ल्याएर भाईरल हुने प्रबृत्ति ह्वात्तै बढेकाे छ। कसरी आफू चर्चित बन्ने र धन सम्पती कमाउने भन्ने कुरामा कलाकारहरु ध्यान बढी केन्द्रित हुने हुँदा पुराना संस्कृति पछि परेका छन्।

चर्चा कमाउने नाममा बाजुरा पनि पछिल्लो समयमा धेरै कलाकारहरु देउडा छाेडेर फरक खाले गितमा आवाज दिन थालेकाे देउडा गायक विनाेद बाजुरेली बताउँछन्।उनका अनुसार,अन्य गित गाउनै नपाईने हाेईन्,तर बाजुरेली गायकले बिशेषत् यहाँकै कला संस्कृति अनुसारमा गित गाउन र रचना गर्न आवश्यक रहेकाे थापाले जाेड दिए।

नयाँ पुस्ताले देउडा संस्कृति भुलेकाेमा बुढापाखाकाे चिन्ता:

पछिल्लो समय नयाँ पुुस्ताले परम्परागत संस्कृति भुलेकाेमा बुढापाखाहरुले चिन्ता व्यक्त गरेका छन्। परम्परागत संस्कृति अगालेर अघि बढ्नु पर्ने अवस्थामा संस्कृति भुल्दै र हराउँदै गएकाेमा बुढापाखाकाे चिन्ता छ।युवाहरुले पहिलेकाे जस्तै: संस्कृति अपनाउन भन्ने चाहना राख्ने बुढापाखाकाे चाहना केवल चाहनामै सिमित छ।

पहिले देउडा गाउने कलाकारहरु औंलामा गन्न सकिने थिए । अहिले कयौं कलाकार उत्पादन भएका छन्।देउडा क्षेत्रकाे हिसाबमा अझ सुदूरमा कयौं देउडा कलाकार जन्मिएका छन्। कलाकारकाे संख्यामा वृद्धि हुनु खुसीकाे कुरा भए पनि देउडामा र्याप,पप,डिजे,रिमिक्स गित मिसाउन थालेपछि देउडा संस्कृतिमा प्रभाव परेकाे छ।

यस्ता खाले गितले यहाँकाे संस्कृति नै विचलन हुने चिन्ता छ। छाडापनले देउडा जस्ताे मर्म स्पर्शी गाथा बाेेकेकाे गितमा फरकखाले प्रवृत्ति भित्रिदाँ कतिपय गितहरु घरपरिवार संग बसेर सुन्नै नमिल्ने खालका बनेका छन्।छाडापन नै प्रमुख बाधक तत्वकाे रुपमा रहेकाे छ ।

नयाँ पुस्ताले संस्कृतिकाे महत्त्वबारे ध्यान नदिदा परम्परा र संस्कृति संकटमा पर्न थालेकाे स्थानीय अगुवा हिरालाल पाध्यायकाे भनाई छ।उनले भने,‘नयाँ पुस्तामा देउडा प्रतिको मोह छैन्।उत्श्रृङ्खल छाडा गीतप्रति युवाहरुको आकर्षण बढ्दै छ।यसले संस्कृति नै धरापमा पर्ने चिन्ता पुराना पुस्तालाई छ। यी संस्कृति जाेगाउनु हामी सबैकाे दायित्व हाे।’

आधुनिकपन तर्फ आकर्षण नभई पुरानै धर्म,संस्कृति अनुसार अघि बढ्नुपर्ने बुढापाखाकाे सुझाव छ । पुर्खाैदेखि स्थापित रहिआएको देउडा संस्कृतिकाे महत्व,यसले पारेकाे प्रभाव नयाँ युवापुस्ताले जान्न जरुरी रहेकाे कुरामा बुढापाखा जाेड दिन्छन्। सु-संस्कृत समाज निर्माग गर्न परम्परागत धर्म,संस्कृति,रितिजिरवाज भुल्न नहुने उनीहरु बताउँछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button