प्रकृतिकाे स्वर्ग रारा: प्राकृतिक साैन्दर्य र पर्यटनकाे अनुपम संगम (तस्विर सहित)

गाेविन्द्र राज तिमिल्सेना,बाजुरा: प्रकृति भित्रै पनि स्वर्ग भेटिन्छ।मनमा काैतुहलता र आश्चार्य लाग्छ सक्छ।याे सृष्टिमा असम्भव भन्ने कुरा केही नहुँदाे रहेछ। प्रकृति भित्रै पनि स्वर्ग भेटिने रहेछ भन्ने उदाहरण हाे,मुगु जिल्लामा अवस्थित ‘महेन्द्र ताल’ अर्थात् रारा ताल। प्राकृतिक साैन्दर्य र पर्यटनकाे अनुपम संगम।जाे निकै अद्भुत र अलाैलिक छ।धर्तिमै भेटिएकाे प्रकृतिकाे स्वर्ग हाे,रारा।नीलाे आकाश सरह पानी,वरपर काेणधारी वन, टाढा देखिने हिमश्रृंखला,हरियालीकाे शितलता र पर्यटक आकर्षककाे केन्द्र।रारा आफैमा साैभाग्वती छ।

नीलाे आकाशकाे छाया,कञ्चन पानीमा प्रतिबिम्बित पहाड,चारैतिर फैलिएकाे हरियाली र मनलाई स्पर्श गर्ने शान्त वातावरण।प्रकृतिका यी अनुपम दृश्यले सजिएकाे रारा ताललाई नियाल्दा आभास हुन्छ,‘जति हेरे पनि धित नमर्ने ठाउँ।शब्दमा जति बयान वर्णन गरेपनि अपूराे रहने साैन्दर्यकाे स्वर्ग रारा ’। समुन्द्री सतहदेखी २ हजार ९ सय ९० मिटरकाे उचाइमा अवस्थित याे ताल एक स्वर्गको टुक्रा हाे।नेपालकै सबैभन्दा ठुलाे र प्रसिद्ध ताल।जसकाे सुन्दरताकाे जति बयान गरेपनि कमै हुन्छ।धर्तिकाे स्वर्ग,कुनै अप्सरा भन्दा कम छैन्।त्यसैले भनिएकाे हाेला रारालाई ‘स्वर्गकी अप्सरा’।

घामका किरणसंग लुकामारी खेल्दै स्वच्छता र शितलता दिने रारा साँच्चिकै प्रकृति कति सुन्दर छ,भन्ने एउटा गतिलाे उदाहरण हाे।राष्ट्रिय निकुञ्ज भित्र नीलाे पानीले घेरिएकाे याे ताल हेर्दा चाहे कसैका आँखा थाक्दैनन्,हाेला।लाग्छ,याे धर्तिमा ‘स्वर्ग कहिँ छ भने यहीँ छ।’गाढा नीलाे पानीले भरिएकाे ताल।रुप फेरिरहने,शान्त वातावरण,नीलाे आकाश,र तालकाे छालसंग देखिने प्राकृतिक साैन्दर्यले सबैलाई माेहित पार्छ। तालकाे किनारमा फैलिएको घना वनजंगल र पृष्ठभूमिमा देखिने हिउँले ढाकेका हिमालले राराकाे साैन्दर्यतालाई थप जीवन्त बनाउँछ।घुमन्तेहरुका लागी सपनाकाे गन्तव्य हाे,रारा।

अनुपम उपहारले सजिएको रारा।यहाँ पुग्ने जाेकाेहीकाे मन लाेभ्याउँछ।तालकाे नीलाे पानीमा प्रतिबिम्बित पहाड र आकाशले यहाँको साैन्दर्यतालाई झनै मनमाेहक बनाउँछ।लाग्छ,‘प्रकृतिले आफ्ना सम्पूर्ण सुन्दरता एकै ठाउँमा सुम्पिएकाे छ ’।रारा केवल घुम्ने पर्यटकीय गन्तव्य मात्रै हाेइन्,याे अनुभव र अनुभूति साटासाट गर्ने माध्यम पनि हाे।
राराका आकर्षण:
रारा नेपालकाे भर्जिन क्षेत्र हाे। एउटा साहसिक यात्राकाे गन्तव्य पनि हाे।याे ताल बिहान कालाे,दिउँसो नीलाे र साँझ सप्तरङ्गी देखिन्छ।तालकाे नीलाे पानी,वरपरकाे काेणधारी वनजंगल र सुन्दरता नै यहाँका मुख्य आकर्षक हुन्।

त्यस्तै ४ हजार मिटर माथीकाे मुर्माटप यहाँको अर्काे आकर्षककाे केन्द्र हाे।जहाँबाट पुरै तालकाे दृश्य नियाल्न सकिन्छ ।चराचुरुङ्गीकाे चिरबिरले मन प्रफुल्लित पार्छ तालमा बाेटिङ गर्दाकाे क्षण।तालकाे छेउमा टेन्टमा रात विताउँनुकाे आनन्द नै यहाँका मुख्य आकर्षक हुन् त्यति मात्र हाेईन्,यहाँबाट फर्किदा मनाेरम दृश्यबाहेक कर्णालीका स्थानीय उत्पादन,घरेलु उत्पादन टाेपी,कपडा,स्याउका परिकारहरुले पर्यटककाे ध्यान अझै तान्छ।राष्ट्रिय निकुञ्जभित्र रहेका रेड पाण्डा,कस्तुरी मृग,हिमाली कालाे भालु तथा विभिन्न प्रजातिका चराचुरुङ्गी यहाँका गहना हुन्।

ऋतुअनुसार बदलिने प्राकृतिक रङ,वसन्तमा फुल्ने फूल,शरदमा खुल्ने नीलाे आकाश र हिउँदमा देखिने हिउँ।स्थानीय संस्कृति र जनजीवन,मुगाली समुदायकाे माैलिक संस्कृति,परम्परा,खानपान र स्थानीय जीवनशैली यहाँका आकर्षक हुन्।यीनिहरुले रारालाई थप जीवन्त बनाएर राखेका छन्।
नीलाे पानीमा प्रकृतिकाे प्रतिबिम्ब:
राराकाे सबैभन्दा ठूलाे बिशेषता यसकाे अनुपम प्राकृतिक बनावट हाे।नीलाे पानीमा देखिने प्रकृतिकाे प्रतिबिम्बले सबैकाे ध्यान केन्द्रित गर्छ।नीलाे पानीमा देखिन्छन्, दन्तपङ्ती हिमाल,वरपरकाे वनजंगल,लाग्छ,सायद पानीभित्र पनि अर्काे सुनाैलाे प्रकृतिकाे संसार छ। विशाल तालले ओड्छ नीलाे कपडा।हिमालकाे मुस्कानले ताल सधैं हाँसिरहन्छ।टिमिक्क नाैरङ्गे सारीमा उनिएकी सुन्दर अप्सरा जस्तैः देखिन्छ रारा।सुन्दर दृश्य क्यामेरामा कैद गर्न खाेज्ने र मनलाई शान्त बनाउन चाहनेकाे लागी विशेष गन्तव्य।तालकाे पानीभित्र रमाईरहेका विश्वमा अन्यत्र नपाइने ‘स्नो ट्राउट’ माछा। यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य। संसारमै नीलो पानीकाे ताल।लम्बाई ५.२ किमी, चौडाइ २.७ किमी,गहिराइ १६७ मिटर र क्षेत्रफल १० हजार ६२७ वर्ग किमी रहेकाे याे ताल सुन्दरताकाे खानी।रारा केवल घुम्ने गन्तव्य हाेईन्,याे प्रकृतिले उपहार स्वरुप प्रदान गरेकाे सुन्दर मायाकाे चिनाे हाे।

जैविक विविधता:
भनिन्छ,‘ रारा पुग्ने जाेसुकैलाई स्वर्गमा पुगेकाे आभास हुन्छ।त्यसैले ढुङ्गाकाे मन भएकाहरुले पनि याे ठाउँमा पुगेपछि रमाउँने र विभिन्न रचनाहरु फुराउने गर्छन् ’।रारा एउटा त्यस्ताे गन्तव्य हाे,जहाँ,आनन्द मात्र हाेईन्,जीवनमा मिल्न नसकेकाे हाँसाे र खुसी मिल्छ।
नेपालमा रहेका ८६७ प्रजातिका चराहरूमध्ये रारामा २३६ प्रजातिका पाईन्छन् ।आकाशबाट हेर्दा उपत्यका जस्तो लाग्ने राराको रंग गाढा निलो देखिन्छ ।जेठदेखि आसोजसम्मको मौसममा बिभिन्न फूलहरूसँग रमाउने रारा निकै सुन्दर देखिन्छ।अझ भनाैँ तालकाे शाेभा निकुञ्जमा पाईने विभिन्न जनावर र चराचुरुङ्गीले दिएका हुन्छन्।

रारामा विश्वमा दुर्लभ असला जातका माछा,रानी ट्राउट भ्यागुतो,कस्तुरी, रेडपाण्डा,मृग,घोरल, भालु, रतुवालगायत वन्यजन्तु अवलोकनका लागी रारा क्षेत्र महत्वपूर्ण मानिँदै आएको छ।जैविक विविधतामा धनी राराले बर्षेनी लाखौंकाे संख्यामा पर्यटकहरु भित्र्याउने गरेकाे छ।
पर्यटकीय सम्भावना:
राराकाे पर्यटकीय सम्भावनाकाे वर्णन गरि कुनै साध्य छैन्।
प्रचुर पर्यटकीय सम्भावना बाेकेकाे रारालाई नेपाल सरकारले अझै ध्यान दिन सकेकाे खण्डमा पर्यटककाे संख्यामा वृद्धिका साथै स्थानीय स्तरमा राेजगारीमा अवसर सिर्जना गर्न सकिने सम्भावना छ।

याे प्राकृतिक साैन्दर्यकाे केन्द्र मात्रै नभई कर्णाली प्रदेशकाे पर्यटन विकासकाे महत्त्वपूर्ण आधार समेत हाे। यसकाे प्रचार-प्रसार र व्यवस्थित विकासले मुगु जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनकाे आकर्षक गन्तव्यका रुपमा स्थापित गर्न सक्छ।यहाँ आउने पर्यटकले प्राकृतिक दृश्यावलाेकन,पदयात्रा,फाेटाेग्राफी तथा स्थानीय संस्कृति र रहनसहनकाे अनुभव लिन सक्छन्।

पर्यटककाे आवागमन बढ्दै जाँदा स्थानीय हाेटल,हाेमस्टे, यातायात,कृषि उत्पादन र हस्तकलासँग सम्बन्धित व्यवसायले समेत लाभ लिन सक्ने प्रचुर सम्भावना छ।यद्यपि राराकाे पर्यटन विकासलाई केवल पर्यटककाे संख्यासँग जाेडेर हेर्नू पर्याप्त नहुन सक्छ।पर्यटकीय पूर्वाधारकाे विकास,सहज यातायात,प्रभावकारी सञ्चार र प्रचारप्रचार गर्न सके पर्यटकिय सम्भावना निकै बलियाे देखिन्छ।
याेजनाबद्द ढंगले पर्यटन,प्रबर्द्धन गर्न सके राराले स्थानीय अर्थतन्त्रलाई बलियाे बनाउन महत्त्वपूर्ण याेगदान दिन सक्छ।यस क्षेत्रकाे साैन्दर्य जति आकर्षक छ,यसकाे संरक्षणमा समेत त्यति नै महत्त्वपूर्ण छ।पर्यटककाे चाप बढ्दै जाँदा फाेहर व्यवस्थापन,तालकाे स्वच्छता,वनजंगल संरक्षण र जैविक विविधताकाे सुरक्षामा ध्यान दिन आवश्यक देखिन्छ।

प्रचुर सम्भावना वाेकेकाे रारालाई सबै क्षेत्रबाट अझै व्यवस्थित गर्नुका साथै स्थानीय समुदाय,सरकार र पर्यटन व्यवसायिबिच सहकार्य हुन सके राराकाे माैलिकता जाेगाउँदै पर्यटनलाई दिगाे बनाउन सकिनेछ।अथाह सम्भावना वाेकेकाे रारा नेपालकाे बहुमूल्य गहना हाे।
रारा: कर्णालीकाे गाैरव,नेपालकाे पहिचान:
रारा ताल मुगु जिल्लाकाे गाैरव मात्र हाेईन्,याे सिंगाे नेपालकाे पहिचान हाे।साथै प्राकृतिक पहिचानलाई विश्वसामु चिनाउने महत्त्वपूर्ण सम्पदा हाे।कर्णाली हरेक सम्भावनाले भरिपूर्ण क्षेत्र हाे।कर्णालीले नेपालकाे शिर कहिल्यै झुक्न दिदैन्।रारा केवल एउटा उदाहरण मात्रै हाे,यस्ता सम्भावनायुक्त क्षेत्र अझै धेरै छन्।
रारा प्रकृतिले दिएकाे अनुपम उपहार हाे, ‘जहाँ नीलाे पानीले मन लाेभ्याउँछ।हरियालीले शीतलता दिन्छ।शान्त वातावरणले मन आनन्दित बनाउँछ।प्राकृतिक साैन्दर्य र पर्यटनकाे अनुपम संगम बनेकाे रारा केवल घुम्ने गन्तव्य हाेईन्,प्रकृतिलाई माया गर्न र यसकाे संरक्षणकाे महत्त्व बुझ्न प्रेरित गर्ने सुन्दर धराेहर पनि हाे।सुन्दर प्रकृति भित्रकाे स्वर्ग यहीँ हाे,रारा ’।
तस्विरहरु: गाेविन्द्र राज तिमिल्सेना/ किनारा न्यूज,बाजुरा ……



