किम्नीको टावरमा B20 Band जडानपछि सेवा पूर्ण रुपमा संचालन

बाजुरा: जिल्लाको त्रिवेणी नगरपालिका-५ किम्नीमा रहेको नेपाल टेलिकमको टावर मर्मतपछि सुचारु भएको छ । नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख इन्जिनियर इश्वर सिंहका अनुसार टेलिफोनको टावरमा लामो समयदेखि आएको समस्या र टावरलाई आवश्यक विद्युत लाइन नहुँदा फोन र इन्टरनेटले काम नगर्ने गरेको जनगुनासोपछि मर्मत गरी सुचारु भएको जानकारी दिएका छन् ।

टावरमा विद्युतको थ्री फेजको लाइन जडानपछि टावरमा आउने समस्या हटेको कार्यालय प्रमुख इन्जिनियर सिंहले बताएका छन् । विगत लामो समयदेखि उक्त टावरमा विद्युत लाइनकाे सिङ्गल फेजले काम नगरेका कारण समस्या आएको थियो । टावरमा FWDR_484 BTS टावरमा 8०० MHz काे B2० Band (4G) काे जडान गरिएकाे हाे । उक्त टावरमा 900MHz 2G र 1800MHz काे 4G पहिले नै संचालनमा रहेकाे थियाे ।
टावरको मर्मत पछि सोही नगरपालिका-५,६ र ७ वडाका स्थानीयहरुले सहज रुपमा फोन सेवा र फोरजी इन्टरनेटको समस्या नहुने कार्यालय प्रमुख सिंहको भनाई रहेको छ ।

उक्त क्षेत्रमा फोन नलाग्ने र फोजीको इन्टरनेट नचल्ने समस्या आएपछि जन गुनासो कार्यालयमा आएकाले प्रादेशिक कार्यालय र केन्द्रीय कार्यालयमा समन्वयमा उक्त टावर मर्मत गरी पुनः संचालनमा ल्याइएको कार्यालय प्रमुख इन्जिनियर सिंहले बताए । सोही नगरपालिका- ५,६ र ७ वडामा स्थानीयहरुले टेलिफोन र फोरजी सेवाबाट बञ्चित नहुनेमा कार्यालय प्रमुख सिंहको दाबी रहेको छ । टावर नियमित रुपमा संचालनमा आउन विद्युत आवश्यक रहेकोले सो जडानपछि कुनै बाधा नपुग्नेमा विश्वास व्यक्त गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button