पत्रकार महासंघ बाजुराद्धारा प्रधानमन्त्रीलाई प्रजिल रिजाल मार्फत ध्यानाकर्षण पत्र बुझायो

बाजुरा : नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल मार्फत बुधबार प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघ केन्द्रीय कार्यालयको सर्कुलर अनुसार बाजुरा शाखाले ऐक्यवद्धता सहित ध्यानाकर्षण पत्र बुझाएको हो । नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत पछिल्लो समय राज्यपक्ष र सरोकारवाला निकायबाट भइरहेका विभिन्न गतिविधिहरूप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष रमित वि.क.द्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा प्रहरी प्रशासनद्वारा समाचार कक्षमै प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायका साथ प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्न खोजिएको प्रयास तथा सञ्चारमाध्यमको कार्यालय अगाडी अनधिकृत रूपमा सवारीसाधन तेस्र्याई अवरोध सिर्जना गर्नेहरूलाई हालसम्म कानुनी दायरामा नल्याइनुले प्रेस जगतलाई असुरक्षित बनाएको महासंघको ठहर छ ।
यसैगरी, गोरखापत्रलगायतका सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारहरूलाई जबरजस्ती निष्कासन गर्ने र श्रम अधिकारको उल्लंघन गर्ने कार्य नरोकिएको प्रति महासंघ घोर भत्र्सना गरिएको छ । साथै पत्रपत्रिकाहरूले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापन वापतको रकम प्रेस काउन्सिल नेपालको सिफारिस बमोजिम उपलब्ध नगराइएको तथा समग्रमा वर्तमान अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकार अनुदार देखिएको महासंघको निष्कर्ष रहेको छ ।

सरकारले महासंघले अघि सारेका मागहरु तत्काल सुनुवाइ गरी पत्रकारको पेशागत सुरक्षा र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न जोडदार माग गरिएको छ । महासंघले उठाएका न्यायोचित मागहरूलाई तत्काल सम्बोधन नगरिएमा यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवार हुनुपर्ने उल्लेख गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button