बाजुराकाे सामुदायिक वनमा बेवारिसे अवस्थामा भेटियो भरुवा बन्दुक

बाजुरा : बाजुराको गौमुल गाउँपालिका–४ स्थित सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा लुकाएर राखिएको भरुवा बन्दुकसहित बारुद र गोली बरामद गरेको छ। इलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरी गस्ती टोलीले थाला अरानी बारसैन सामुदायिक वनमा बाटो छेउको ढुङ्गे ओढारभित्र लुकाएर राखिएको अवस्थामा भरुवा बन्दुक बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय गौमुलका अनुसार मंसिर २ गते बिहान ६ बजे प्रहरी सहायक निरीक्षक प्रेमबहादुर साहुको कमाण्डमा खटिएको चार जनाको गस्ती टोलीले नियमित गस्तीका क्रममा बिहान करिब ११ बजे उक्त बन्दुक फेला परेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button