यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशको एकदुई ठाउँमा चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशको हिमाली भूभागको थोरै स्थान र पहाडी भूभागको केही स्थानमा चट्याङ्ग हावाहुरी र असिनासहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थान तथा मधेस लगायत कोशी, बागमती, गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button