बाजुराका दुई अस्पताललाई १० करोड बजेट: जिल्ला अस्पताल ५० शैयामा स्तरोन्नति हुने, कोल्टी प्रादेशिक अस्पताल बन्ने

बाजुरा : बाजुरा जिल्लाको स्वास्थ्य सेवा विस्तार तथा गुणस्तरीय उपचारमा पहुँच बढाउने उद्देश्यले यहाँका दुई प्रमुख अस्पतालका लागि कुल १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री चक्र मल्लले आइतबार प्रदेशसभामा बजेट प्रस्तुत  गरेका थिए ।

विनियोजित बजेट अनुसार जिल्ला अस्पताल बाजुरालाई ५० शैयाको अस्पतालका रूपमा स्तरोन्नति गर्न ७ करोड रुपैयाँ छुट्याइएको छ। यस बजेटबाट अस्पतालको क्षमता विस्तार तथा सेवा सुदृढीकरणमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यस्तै, जिल्लाको पूर्वोत्तर क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन कोल्टी आधारभूत अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्वामित्व लिने गरी तत्काल ३ करोड रुपैयाँ विनियोजन गरिएको छ। कोल्टी अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा सञ्चालन तथा व्यवस्थापन गर्ने प्रक्रियालाई अघि बढाउन यो बजेट खर्च गरिनेछ।

दुवै अस्पतालको स्तरोन्नति र व्यवस्थापन प्रक्रिया प्रभावकारी रूपमा अघि बढेमा बाजुराका नागरिकले सामान्य उपचारका लागि पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्नेछ। यसका साथै स्थानीय स्तरमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार भई स्थानीयले राहत पाउने विश्वास गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button