मार्तडीमा विश्व हुलाक दिवसको अवसरमा आयोजित खुला भलिबल प्रतियोगिता प्रहरी टिम प्रथम

बाजुरा : जिल्ला हुलाक कार्यालय बाजुराले १५२ औँ विश्व हुलाक दिवसको अवसरमा आयोजना गरेको खुला पुरुष भलिबल प्रतियोगितामा नेपाल प्रहरी विजेता बनेको छ । शुक्रबार भएको फाइनल खेलमा गौमुललाई पराजित गर्दै जिल्ला प्रहरी कार्यालय बाजुराको टिम विजेता बनेको हो ।

जिल्ला हुलाक कार्यालयका प्रमुख उत्तम बमकाअनुसार विश्व हुलाक दिवसको अवसर पारेर असोज २१ गतेदेखि मार्तडीस्थित खुलामञ्चमा सञ्चालन भएको प्रतियोगितामा १० वटा टिमले सहभागीता जनाएका थिए ।

प्रतियोगितामा विजेता बनेको प्रहरी टिमले नगद १२ हजारसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको छ भने उपविजेता गौमुलले नगद ८ हजारसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको छ ।

जिल्ला हुलाक कार्यालयका प्रमुख उत्तम बमको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगिता समापन कार्यक्रममा प्रमुअ अतिथि जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया रहेका थिए । यस्तै, कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनी, बडीमालिका नगरपालिकाका नगर उपप्रमुख नन्दा थापा, प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशी, सुरक्षा निकायका प्रमुख लगायतको सहभागीता थियो ।

विश्व हुलाक दिवसको अवसरमा हुलाक सेवाको प्रचारप्रसारसँगै खेलकुद गतिविधिलाई पनि जोड्न प्रतियोगिता आयोजना गरिएको जनाएकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button